५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा



अ+ अ-

काठमाडौँ । काठमाडौँको बल्खु चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ ।

‘जय राष्ट्रवाद’को नारा लगाउँदै खबरदारी सभा सुरु भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी रहेका छन् ।

नेपालको राष्ट्रिय झण्डा, पार्टीको झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन्

गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । त्यस्तै राप्रपाले पनि प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू तैनाथ गरेको छ ।