
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
१२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हजारौँको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।
प्रशासनले सभाका लागि बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता तथा कार्यकर्ता बल्खु पुग्न थालेका छन् ।आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनकारी दिए ।