२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले बोलाए कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौं । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भुमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रीफिङ’हुने बताईएको छ ।

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

राप्रपा नेपालले तिनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाइ रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्वजनिक गरिसकेको छ ।