८ श्रावण २०८३, शुक्रबार
,
Latest
विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतर्फी दबाबमा सरकार, तातिँदै सडक



अ+ अ-

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट बनाउने बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी दबाबमा परेको छ । सरकारसँग आ–आफ्ना माग राख्दै विभिन्न समूहहरु अहिले सडक आन्दोलनमा छन् । सरकारले तत्काल माग सम्बोधन गर्न सक्ने अवस्था पनि छैन ।

राजावादी समूहले चैत १५ गते गरेको हिंसात्मक आन्दोलन रोक्न नसकेको भन्दै गृह प्रशासनको आलोचना भइरहेको छ । राजावादी समूहको आन्दोलनको नेतृत्वकर्ता दुर्गा प्रसाईले प्रहरीको घेरा तोडेर भागेका छन् । उनलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेका छैनन् । उल्टै प्रसाईंले सामाजिक सञ्जालबाट सरकारलाई चुनौती दिइरहेका छन् । प्रसाईंलाई पक्राउ गर्न नसक्नु सरकारको टाउको दुखाइको विषय बनेको छ ।

गठबन्धन सरकारमा सहभागी दलहरुबीचसमेत समन्वय छैन । दलैपिच्छेका फरक फरक धारणा छन् । सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ । तर त्यसलाई सरकारमा बसेका मन्त्रीहरुले स्वीकार गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत दोधारमा छन् ।

अहिले सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय शिक्षा ऐन बनाउन माग गर्दै सडक आन्दोलनमा छन् । सरकारले बोलाएको वार्तामा समेत उनीहरु गएका छैनन् । एसईईको उत्तरपुस्तिका बहिस्कार गरेका छन् । यसले सरकारलाई थप दबाब परेको छ ।

सहकारीपीडित, लघुवित्तपीडितदेखि मिटरब्याजपीडितसम्म सडक आन्दोलनमा छन् । उनीहरुले आफ्नै माग राखिर सरकारमाथि दबाब दिइरहेका छन् । सरकारले कसैसँग पनि वार्ता गर्न सकेको छैन ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी छ । अहिले धमाधम काम भइरहेको छ । तर चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था दयनीय छ । सरकारले विकास बजेट खर्च गर्न सकेको छैन । विकासका काम ठप्प जस्तै छन् । निर्माण व्यवसायीको भुक्तानी दिन नसक्दा काम अघि बढ्न नसकेको हो ।




भर्खरै