२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरु पनि आन्दोलनबाट फालिएको उल्लेख गर्नुभयो । उहाँले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पूर्खाहरुलाई पनि फर्काउने तर्क भएको बताउनु भयो ।

राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उहाँले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताउनु भयो । उहाँले आफूहरुले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको बताउनु भयो ।

आफूहरुले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गर्नुभयो ।
रक्षामन्त्री राईले भन्नुभयो, ‘हामी समयको कालखण्डसँगै परिमार्जित हुँदै आयौँ । इतिहासले तत्कालीन राज्यलाई फाल्यो । इतिहासले लिच्छवीकालीन, मल्लकालीन फाल्यो । शाह र राणाहरु फाल्यो । इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो । तर फर्काउन खोजिँदैछ ।

हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ । त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले खोजेनौँ । अलि अलि बारहरुसम्म भत्काएकै हो । तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ । पत्रकारहरुलाई आगो लगाएनौँ । पत्रकार र पत्रपत्रिकाको उद्योग माथि आगो लगाएनौँ । मान्छेलाई जिउँदो जलाएनौँ । हामीले लुट मच्चाएनौँ । आज त यस्तो खालको अराजक देखा पर्दैछ ।’

मन्त्री राईले किराँत राई समुदायका मानिसहरु बेइमानी हुन नहुने बताउनु भयो ।