२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताउनुभएको छ ।

शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो ।

तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले न्यायिक छानविन हुनुपनि सक्ने र नहुन पनि सक्ने बताउनु भयो । तीनकुने घटनाको लागि न्यायिक छानविन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘न्यायिक छानविन हुँदैछ । न्यायिक छानविन नभनौँ । न्यायिक छानविन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानविन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानविन गर्ने की न्यायिक छानविन गर्ने भनेर ।’

उहाँले सबै कुरामा न्यायिक छानविन जरुरी नरहेको बताउनु भयो ।