८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट

परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट
अ+ अ-

काठमाडौं । यही मार्च महिनाको १८ तारिखमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एश जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरुका बीचमा त्यस समय एक्लाएक्लै भेटवार्ता भएको थियो ।

भारतीय विदेश मन्त्रालयको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित राइसिना डायलगको १० औँ सम्मेलनका क्रममा उहाँहरुका बीचमा साइडलाइन भेटवार्ता भएको थियो । त्यसक्रममा उहाँहरुबीच नेपाल भारत सम्बन्धका विविध विषयहरुका अतिरिक्त बैंककमा आयोजित आसन्न बिमस्टेक बैठक र त्यहाँ दुई देशका प्रधानमन्त्रीको भेटवार्ताका विषयमा पनि कुराकानी भएको थियो ।

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा द्विपक्षीय भेटका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतीय विदेशमन्त्री समक्ष प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा भारतीय विदेशमन्त्री डा जयशंकरले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । छैठौँ शिखर सम्मेलनमा नेताहरुका बीचमा साइडलाइन भेटवार्ता त भइनै हाल्छ, तर पनि प्रधानमन्त्री ओली र मोदीका बीचमा भने आपसी हितका समसामयिक एजेण्डासहित नै भेटवार्ताका लागि उहाँहरुले कुराकानी गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई सगरमाथा सम्वादको निमन्त्रणा पनि गर्नुपर्ने र दुई देशबीचका परराष्ट्रमन्त्रीबीचमा यसअघि भएका वार्ताहरुका एजेण्डा र प्रगतिको पनि समीक्षा र सम्बोधन गर्ने गरी नै भेटका लागि मन्त्री डा राणाले भारतीय विदेशमन्त्रीसँग अनुरोध गर्नुभएको थियो । त्यस लगत्तै नेपाल फर्किएपछि मन्त्री डा राणाले परराष्ट्र सचिवलाई प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा बैंककमा हुने द्विपक्षीय भेटवार्ताका विषयमा कुराकानी भएकाले त्यसलाई मन्त्रालय मार्फत् फलो गर्न भन्नुभएको थियो । सोही बमोजिम मन्त्रालयले सो विषयमा फलो गरेको थियो ।

सोही बमोजिम नै बैंककमा दुई प्रधानमन्त्रीबीच भेटघाट र वार्ता भएको छ । उहाँहरु झण्डै ४० मिनेटजति नै वार्ता गर्नुभएको थियो । सो वार्ता उहाँहरुबीच एक्ला एक्लै भएको थियो । उक्त वार्ताका एजेण्डाहरुलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालको पेजबाट सार्वजनिक पनि गर्नुभएको छ । यसअघि पनि गएको असोज महिनामा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा गएका बेला परराष्ट्रमन्त्री डा राणाको विशेष अनुरोधमा न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यसपछि बैंककमा उहाँहरुबीच हिजो भेट भएको हो ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा आउने गरेको कूटनीतिक प्रचलन छ । तर यस पटक भने भारतले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो प्राप्त भएको छैन । वर्तमान सरकार गत असार ३० गते गठन भएको हो