२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित ६ महिने तालिममा सिप मेलाका प्रशिक्षार्थी

मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित ६ महिने तालिममा सिप मेलाका प्रशिक्षार्थी
अ अ+ अ-

काठमाडौँ । सिप मेलाबाट अटोमोबाइल्स विधामा सिप सिकेका ८ जना प्रशिक्षार्थीहरुलाई सिजी मोटर्सले ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने भएको छ ।

गएको वर्ष सिप मेलाबाट सिप सिकेका प्रशिक्षार्थीहरुमध्ये ८ जनालाई सिजी मोटर्सले अन द जब टे«निङ् प्रदान गर्ने भएको हो । टे«निङ्मा जानेले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् । यसका लागि आज काठमाडौँ महानगरपालिका, चाँगु नारायण फाउन्डेसन र सिजी मोटर्सका बिच सम्झौता भएको छ ।

सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र मोटर्सका कार्यकारी निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको हो । यो सम्झौता आगामी ६ महिनाका लागि हो ।

महानगरपालिकाले अन द जब टे«निङ् साझेदारका रुपमा फाउन्डेसनसँग यस अघि नै सम्झौता गरिसकेको छ । महानगरपालिका र फाउन्डेसनले प्रशिक्षार्थी छनोट गर्ने र आधारभूत तालिम प्रदान गर्नेछन् । यसरी छानेर पठाइएका प्रशिक्षार्थीहरुलाई सिजी मोटर्सले सुपरभाइजर वा प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गर्नेछन् ।

महानगरपालिकाले तालिमको प्रभावकारिताका लागि निरीक्षण गर्ने, आपसी संवाद र मूल्याङ्कन गर्नेछ । फाउन्डेसनले महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षार्थी छनोट गर्ने, छानिएका प्रशिक्षार्थीहरुलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । बाँकी पारिश्रमिक मोटर्सले उपलब्ध गराउनेछ । फाउन्डेसनले तालिमको प्रतिवेदन तयार पारेर महानगरपालिकालाई उपलब्ध गराउनेछ ।

टेनिङ्मा पठाउने प्रक्रियाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘टेनिङ्मा जान इच्छा देखाउनेमध्ये ३० जनालाई सिभी राइटिङ्को कार्यशाला गरेर व्यक्तिगत विवरण बनाउन सिकाएका थियौँ । उहाँहरुले बनाएको सिभी सिजी मोटर्समा पठाइएको थियो । तीमध्ये २० जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । अन्तर्वार्ता दिएकामध्ये १० जनालाई टे«निङ्का लागि बोलाइएको थियो । उहाँहरुमध्ये ८ जनाले टे«निङ् स्वीकार गर्नुभएको हो ।

सिप मेलाबाट अटोमोबाइल क्षेत्रमा स्नातक भएका १ सय जना प्रशिक्षार्थीहरूमध्ये २० जना प्रशिक्षार्थीहरूले आफ्नै प्रयासबाट रोजगार पाएका छन् । ३ जना स्वरोजगार भएका छन् । ५१ जना प्रशिक्षार्थीहरू अन–दि–जब तालिममा रुचि राखेकाले उहाँहरुलाई सिभी लेखन कार्यशालामार्फत व्यक्तिगत विवरण तयार गर्न लगाइयो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार कार्यशालामा सहभागी भएका ३० जना प्रशिक्षार्थीहरूका व्यक्तिगत विवरण वि.वाइ.डी., सिजी मोटर्स, हुन्डाइ (लक्ष्मी ग्रुप),भि.जी, मोटर्स, सिप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, सयाकार ट्रेडिङ् इन्टरप्राइजेज र थी गो (दिगो) लाई पठाइएको थियो ।

यसरी पठाइएका सि. भी. मध्येबाट सिजी मोटर्सले २० जना प्रशिक्षार्थीलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो । २ दिन लिइएको अन्तर्वार्ताबाट १० जना प्रशिक्षार्थीहरू अन–दि–जब तालिमका लागि छनोट हुनुभयो । जस मध्ये २ जना प्रशिक्षार्थीहरू तालिममा सहभागी हुन नसक्ने भएकाले ८ जना प्रशिक्षार्थीहरूले यो अवसर पाउनु भएको हो । उहाँहरुले चैत २४ गते आइतबारबाट तालिम सुरु गर्नुहुनेछ ।

यसैगरी थि गो (दिगो) ले ६ जना प्रशिक्षार्थीहरू छनोट गरेको छ । छानिएका प्रशिक्षार्थीहरुलाई अन्तर्वार्ताका लागि पठाइ सकिएको छ । छानिएकालाई त्रिपक्षीय सम्झौता गरेर तालिममा पठाइनेछ ।

सिप मेला
महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टेनिङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिनुभएको थियो । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ ।

तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो ।

२ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गर्नुभएको थियो ।