२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न उहाँको चेतावनी छ ।

उहाँले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताउनु भयो । उहाँले सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गर्नुभयो । उहाँले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरु कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजतन्त्रको कालखण्डमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित गरिएन । त्यसकारण मुलुक गणतन्त्रमा गएको हो । र यो व्यवस्थाको संविधान बनेको हो । त्यसकारण जनताको सार्वभौम सत्ता खोस्न पाइदैन । यसमा हामी प्रष्ट हौं । यो प्रयत्न जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न हो । जनतामा आक्रोश र असन्तुष्टि रहेकाले त्यसो भएको भन्ने कुरा साथिहरुले उठाउनु भएको छ ।

हामीले राम्रो गर्न कोशिस गरिराखेका छौं, राम्रो गरिरहेका छौं । तथापि जति गर्न सक्नुपथ्र्यो, त्यस्तो गर्न सकिएको अवस्था छैन । कमि कमजोरि होलान् । यो स्वीकार्न कुनै अप्ठ्यारो छैन । तर घरमा फोहोर भयो, घरमा मुसा पसे भने घर फोहार भयो भने मुसा लखेट्ने र सफा गर्ने हो कि घरमा आगो लगाउने हो रु त्यो विकल्प पनि यही गरिमामय संसदले तय गर्ने हो । त्यसकारण घर सफा गर्न म आग्रह गर्न चाहन्छु, आगो लगाउने विकल्प हुन सक्दैन ।

संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरुलाई यही व्यवस्थाको माध्यमबाट ठिक गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।