१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

गाउँतिर सोझियो कन्काई: डरले निदाउँदैनन् गाउँले

गाउँतिर सोझियो कन्काई: डरले निदाउँदैनन् गाउँले
अ अ+ अ-

– चन्द्रकला भण्डारी 
झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिँदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउनुहुन्छ कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर । उनी भन्छन्, ‘‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’’

इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पुर्याउँदै आएको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा कन्काईले हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ । स्थानीयवासीका अनुसार यसपालि कन्काईको पूर्वीतटमा भइरहेको कटानले शिवसताक्षी र झापा गाउँपालिकामा धेरै क्षति पुर्याइरहेको छ । सत्ताइस वर्षपछि नदीको वहाब शिवसताक्षी–७ का रुदिला र लालपानी बस्तीतिर सोझिएको छ । तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पाङ्ग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुनसक्ने त्रास उत्पन्न भएको छ ।

अहिले नै गङ्गाराम राई, शेरबहादुर इजम, राजेश सुब्बा, तारा भुजेलसहित एक दर्जन परिवारको धानखेत कटानले क्षति पु¥याइसकेको छ । उहाँहरुको वर्षभरि खानका लागि अन्न फलाउने खेत बगर भएको छ । कटानले अरु दर्जनौं किसानको खेतमा क्षति पुर्याउने क्रम रोकिएको छैन । कन्काईको पूर्वी तटमा करिब ८०० मिटर क्षेत्रमा कटान तीव्र बन्दै गएका कारण ६० घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आइसकेको स्थानीयवासी बताउँछन् । खोला गाउँतिर कटान गर्दै सोझिएको जानकारी शिवसताक्षी नगरपालिकालाई गराइसकिएको स्थानीयवासी तेजबहादुर कुँवरले बताए । नगरपालिकाका वडा सदस्य चन्द्र सङ्ग्रौलाले मात्र कटान क्षेत्रको निरीक्षण गरेका छन् । 

नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताए। ‘‘तीन किलोमिटर दक्षिणमा कन्काईले बाँध फुटाएर ठूलो क्षति पुर्याएको हुँदा यहाँका बासिन्दा त्रसित भएका छन्,’’ प्रवक्ता इजमले भने, ‘‘इञ्जिनीयरलाई लगेर केही दिनअघि कटानस्थल देखाएका थियौं, उहाँहरुले नदीको वहाब घटेपछि उपाय गर्ने बताउनुभएको छ ।’’ स्थानीयवासीले तत्काल नदी कटान रोक्ने उपायको माग स्थानीय सरकारसँग गरेका छन् ।