२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई



अ+ अ-

धरान, (सुनसरी) । पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ ।

गए राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१४ ले उपाधि जितेको होे । खेलको ६१औँ मिनेटमा धरान–१४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान–१४ लाई नगद रु एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान–१५ लाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको प्लेयर अफ दी म्याच धरान–१४ का आशिष पुरी घोषित हुँदै रु पाँच हजार ५०० प्रदान गरिएको छ ।

उत्कृष्ट गोलकिपर धरान–१५ का राजीव खड्कालाई रु पाँच हजार ५००, उत्कृष्ट डिफेन्डर धरान–१५ का अस्तोष राईलाई रु पाँच हजार ५००, उत्कृष्ट मिडफिल्डर धरान–१५ कै अरिक गुरुङलाई रु पाँच हजार ५००, उत्कृष्ट स्टाइकर धरान–१४ का निमेश तामाङलाई रु पाँच हजार ५००, उत्कृष्ट कोच धरान–१४ का शिव राईलाई रु पाँच हजार ५००, हाइस्कोर धरान–१७ का कृष्ण राईलाई रु पाँच हजार ५००, राइजिङ प्लेयर धरान–१७ का सुवास विकलाई रु पाँच हजार ५०० प्रदान गरिएको थियो भने खेलको फेयर प्ले टिम धरान–१७ घोषित भएको थियो ।

यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो । रासस