२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई



अ+ अ-

धरान, (सुनसरी) । पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ ।

गए राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१४ ले उपाधि जितेको होे । खेलको ६१औँ मिनेटमा धरान–१४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान–१४ लाई नगद रु एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान–१५ लाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको प्लेयर अफ दी म्याच धरान–१४ का आशिष पुरी घोषित हुँदै रु पाँच हजार ५०० प्रदान गरिएको छ ।

उत्कृष्ट गोलकिपर धरान–१५ का राजीव खड्कालाई रु पाँच हजार ५००, उत्कृष्ट डिफेन्डर धरान–१५ का अस्तोष राईलाई रु पाँच हजार ५००, उत्कृष्ट मिडफिल्डर धरान–१५ कै अरिक गुरुङलाई रु पाँच हजार ५००, उत्कृष्ट स्टाइकर धरान–१४ का निमेश तामाङलाई रु पाँच हजार ५००, उत्कृष्ट कोच धरान–१४ का शिव राईलाई रु पाँच हजार ५००, हाइस्कोर धरान–१७ का कृष्ण राईलाई रु पाँच हजार ५००, राइजिङ प्लेयर धरान–१७ का सुवास विकलाई रु पाँच हजार ५०० प्रदान गरिएको थियो भने खेलको फेयर प्ले टिम धरान–१७ घोषित भएको थियो ।

यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो । रासस