२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.19

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच कहिले हुँदैछ भेटवार्ता ?



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन वार्ता हुने भएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको हो ।

प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगिसक्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी पनि बिमस्टेकमा भाग लिन थाइल्याण्ड जाँदै हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा जाँदा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच करिब आधाघण्टा भेटवार्ता भएको थियो ।

यसैबीच, थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच बुधबार भेटवार्ता भएको थियो ।