९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ ।

छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरूलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । छठको पूजा पोखरी तथा नदीमा मात्र गरिन्छ । यो पर्व कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक जनकपुरधाम क्षेत्रमा मनाइने परम्परा रही आएको छ ।

पौराणिक कथनअनुसार, आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गर्नुभएको थियो । त्यसैगरी महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूलाई पराजित गर्न सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाएको उल्लेख पाइन्छ ।

जनविश्वासअनुसार छठ पर्व मनाउँदा दुःख९क्लेसबाट मुक्ति पाइने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने, तथा पारिवारिक सुख—शान्ति कायम रहने विश्वास गरिन्छ। यस कारण श्रद्धालुहरू भक्तिभावपूर्वक यो पर्व मनाउने गर्छन् ।