१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य

तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

तीनकुने भएको घट्नाप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताउनु भयो । उहाँले तीनकुने घटना अपराधिक र विध्वंशकारी घट्ना भएकोले फौजदारी कानूनी प्रक्रियाबाट नै छानविन हुने जिकिर गर्नुभयो । सांसदहरुले घट्नाको सत्यतथ्य छानविन गर्न छानविन आयोग गठन गर्न माग गरेका थिए ।

गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घट्नाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानविन गर्ने बताउनु भयो । सार्वजनिक सम्पती लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उहाँको भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्ड दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उहाँले समितिलाई जानकारी दिनुभयो । घटनाको अनुसन्धान जारी रहेकोले भूमिका अनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दाहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘जब मुलुकको फौजदारी कानूनी प्रक्रिया प्रारम्भ भइसकेको छ, त्यसका बारेमा छानविन अगाडि बढिसकेको छ । आयोजक थाहा छ, त्यहाँ भाषण् गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उदण्डता गरे थाहा छ । यो त अपराधिक गतिविधि हो नि । यसमा सरकारले राज्यका प्रचलित कानूनअनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानविन निश्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनैपनि आग्रह र पूर्वाग्रह प्रेरित हुँदैन । एक एक जना मानिसले गरेका कामहरुमा गम्भिरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौं । जो मान्छे दोषि हुन्छ उसका माथि कानूनी कारबही हुन्छ, जो मान्छे दोािष हुदैन उसलाई कारबाही हुँदैन । केही मान्छेहरु प्रक्राउ पर्नु भएको छ । पक्राउ पर्ने क्रम जारी छ । र अनुसन्धान जारी छ । पक्राउ पर्ने क्रम पनि निरन्तर अगाडि जान सक्छ । को को मान्छेको भूमिका देखिन्छ । त्यही ढंगले अनुसन्धान हुन्छ, कानूनी कारबाही हुन्छ ।’

उहाँले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनैपनि हिसावले उचित नहुने बताउनु भयो । उहाँले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजिलाई हामीले जुनसुकै भाषा, जुनसुकै शब्दले पनि अगाडि बढाउने कुरा उचित हुन्छ भन्ने मलाई लाग्दैन । जनतामा जाउँ आफ्नो कुरा राखौं । हामी त पाँच पाँच वर्षमा जनतामा गइराखेका छौं । हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरु हौं । फेरि ०८४ मा जानु छ । जनताले पठाएको बेला आउने हो । नपठाएको बेला आउने होइन नि ।’

उहाँले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताउनु भयो । घटना घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने उहाँको भनाइ छ । बैठकमा सांसदहरुले तीनकुने घट्नाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।