१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभइ राजनीतिक रुपमा पनि गहिरो सम्बन्ध रहेको बताउनुभएको हो ।

नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताउनु भयो । उहाँले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाईमा पुगेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हाम्रो छिमेकी मुलुक भारत खासगरी धार्मिक, सांस्कृतिक पक्षबाट मात्रै नभइकन, राजनीतिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध रहेको कुरा तपाईं हामी सबैले बुझेकै कुरा हो । अब नेपालको र भारतको खासगरेर मेजेरिटी हिन्दु नै भएको कारणले गर्दाखेरी हिन्दुहरुको मात्रै नभइकन बुद्धिजमको पनि गौतम बुद्ध लुम्बिनीमा जन्मिए । पछि गएर प्रवचन गर्दा ज्ञान प्राप्त गरिसकेपछि उहाँ गयादेखि सारनाथमा गएर प्रवचन गर्नुभएको कारणले बुद्धिजमको पनि नेपाल र भारतको धर्मको आधारमा हेर्ने हो भने हिन्दु र बुद्धिजमको पनि त्यत्तिकै म्हत्व रहेको छ । हाम्रो विवाहवारी पनि भारत र नेपालबीच हुने गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएको ।’

उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । राजनीतिक रुपमा पनि नेताहरु प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताउनु भयो ।