
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम द्रुत गतिमा जारी छ ।
बैशाख २४ गतेभित्रै काम सक्नेगरी ३ सिफ्टमा काम भइरहेको छ । बिकेओआई–केसीडिसी–बीजी जेभीले मैदानको प्यारिफट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ मा ठेक्का पाएको थियो । फागुन २० गते शुभसाइत गरेर काम थालिएको हो ।
प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुर्ननिर्माणको कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ ।
त्रिभुवन विश्वविधालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) यो मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
तस्बिरः क्यान





