३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरागाईँलाई स्वागत गर्न उपमेयर सुनिता डंगोल पनि उपस्थित



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनामा कार्यालय फर्किएका छन् । उनलाई महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कार्यलय प्रवेश गराएका हुन् ।

प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा महानगरकी उपप्रमुख सुनिता डंगोल पनि सहभागि भएकी थिईन् । उनी यो विषयमा पहिल्यैदेखि मेयर साहप्रति असन्तुष्ट थिईन् । उनले प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने बताउदै आएकी थिईन् ।

यस्तै, रास्वपाबाट निर्वाचित वडा नं १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने स्वागतमा सहभागी भएकी छैनन् । उनले आफूलाई नबोलाइएको भन्दै सहभागी नभएको बताईन् ।

गुरागाईंलाई रोक्न मेयर बालेन शाहले कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरेका थिए । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् ।