१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित



अ+ अ-

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार गोविन्द कोइराला निर्वाचित भएका छन ।

अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित भएका निर्वाचन अधिकृत अंगदमणि गौतमले जानकारी दिए । उनले १२१५ मत पाएका हुन् ।

यस्तै, अध्यक्ष पदमै नेविसंघबाट निस्काशित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ले मत पाउदा अनेरास्ववियुका प्रमित बिष्टले ४३१ मत पाए ।