२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित



अ+ अ-

काठमाडौँ। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो । पोखराको भने यो लगातार दोस्रो हार हो ।

ललितपरले खेलको ११औँ मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि विदेशी खेलाडी जोनाथन इडवार्डोले गोल गरे । यस्तै खेलको ४२औँ मिनेटमा पोखराका समिर तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पूर्याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा ललितपुरका इमोह इजेकले गोल गर्दै आफ्नो टोलीको अग्रता बनाए ।

यसपछी खेलको ७५औँ मिनेटमा ललितपुरका लागि जोनाथन इडवार्डोले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोए आइडोले गोल गरे । ललितपुरले ३–२ गोलअन्तरले जित निकाल्यो ।

ललितपुरले दुई खेलबाट चार अङ्क बनाएको छ । ललितपुरले पहिलो खेल काठमाडौँसँग २–२ गोलको बराबरी खेलेको थियो । पोखरा यसअघि पहिलो खेलमा चितवनसँग २–० गोलअन्तरले हारेको थियो । रासस