६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार कञ्चन पुडासैनीलाई ‘दर्शना स्रस्टा सम्मान—२०८१’ प्रदान गरिने



अ+ अ-

काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा रहेको दर्शना स्कुलले मदन पुरस्कार विजेता साहित्यकार कञ्चन पुडासैनीलाई यो वर्षको दर्शना स्रस्टा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्रस्टा सम्मान समितिका अध्यक्ष रञ्जन न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले ‘प्रत्यागमन’ खण्डकाव्यका लागि २०४१ सालको मदन पुरस्कार विजेता कञ्चन पुडासैनीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

२५ हजार नगद राशी तथा ताम्रपत्र सहितको सो सम्मान विद्यालयले यही चैत २३ गते विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा साहित्यकार पुडासैनीलाई प्रदान गरिने विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले बताउनुभयो ।

स्रस्टाहरुप्रतिको सम्मानका लागि विद्यालयले स्रस्टा सम्मान गर्ने गरेको प्रिन्सिपल मगरले बताउनुभयो ।

दर्शना स्रस्टा सम्मान पहिलोपटक २०७५ सालमा राष्ट्रगानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ र दोस्रोपटक साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाललाई प्रदान गरिएको थियो ।