१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति

निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति
अ अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवा सम्बन्धी विधेयकलाई टुंग्याउन गठित उपसमितिले टे«ड युनियन र कर्मचारीको ‘कुलिङ पिरियड’ तोक्ने विषयमा सहमति जुटाउन नसक्दा थप छलफल गर्न मुल समितिलाई सिफारिस गरेको छ ।

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा पेश गर्दै थप छलफल मुल सहमतिमै गर्न सिफारिस गरेको हो ।

बडू नेतृत्वको ११ सदस्यीय उपसमितिले विधेयकका अधिकांश विषय सुल्झाए पनि कर्मचारीको राजनीतिक संगठन राख्ने कि नराख्ने तथा अवकाश लगत्तै संवैधानिक नियुक्ति र परामर्शदाताको रुपमा काम गर्नका लागि निश्चित समय नपाउने (कुलिङ पिरियड) प्रावधानमा सहमति जुटाउन नसकेको हो । खासगरी प्रतिपक्षी दलका सांसदहरुले कर्मचारीको टे«ड युनियन राख्न नहुने भन्दै ५ जना सांसदहरुले फरक विचार राख्नुभएको बुधवार समितिमा जानकारी गराइयो । बुधवार समितिको बैठकमा बोल्दै उपसमितिका सदस्य समेत रहनुभएका एमाले सांसद रघुजी पन्तले विधेयकमा टे«ड युनियन र कुलिङ पिरियडको विषयमा सहमति जुटाउन नसकिएको बताउनु भयो । उहाँले कर्मचारीका राजनीतिक टे«ड युनियनका बारेमा राजनीतिक दलका नेतृत्वसँग समेत छलफल गर्नुपर्ने उहाँको धारणा छ । उहाँले कुलिङ पिरियडको बारेमा प्रसानिक कर्मचारीहरुका केही असन्तुष्टिहरु रहेको उल्लेख गर्दै सबैलाई समेट्नेगरी सहमतिको प्रयास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुख्यतः विधेयकमा दुईवटा कुराहरु असहमति हो जस्तो लाग्छ । एउटा टे«ड युनियनको विषय हो । साथिहरुको टे«ड युनियन नराखौं भन्नेधारणा पनि थियो । तरपनि त्यसमा सहमति खोज्ने प्रयास गर्दागर्दै सहमतिमा पुग्न सकिएन । यसमा विषयमा अनौपचारिक बैठकहरुमा र माथिल्लो राजनीतिक तहमा पनि कुरा गर्नुपर्ने हुनसक्छ । त्यो प्रयत्न गर्नुपर्छ । अर्को, भनेको कुलिङ पिरियड हो । त्यसमा पनि हामी सहमतिमा पुग्नसक्छौं जस्तो देखेका छौं । यस विषयमा उठेका कुराहरुमा विन्नि संगठनका मागहरुलाईसमेत सम्बेधन गर्ने प्रयत्न गरिएको छ । त्यसमा कर्मचारी साथिहरुले पनि यथेष्ट प्रयत्न गर्नुभएको छ । जे जति कुरमा सहमति भएको छ त्यसले संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारीका समस्याहरु समाधान गर्नसक्छ भन्ने मलाई लाग्छ ।’

रष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय निजामति विधेयक छिटो टुंग्याउनुपर्ने बताउनु भयो । उहाँलेविधेयक टुंग्याउन समितिले गठन गरेको उपसमितिमा समेत मतभेद कायमै रहँदा विधेयक द्रुत गतिमा जान नसकेको बताउनु भयो । उहाँले विधेयकमा रहेका असहमतिहरुलाई प्रजातान्त्रिक पद्धतिबाट टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘योनिजामति विधेयक छिटो टुंग्याउनका लागि उपसमिति बनाइएको थियो । विधेयकलाई समयमैटुंग्याउनका लागि बनाएको उपसमितिमा यस्तो मतभेद आउला भनेर त मैले अड्कल समेत काट्या थिएन । के भएको हो यस्तो रु समितिमा सबैभन्दा गयल हुने सांसदमा परे म त । तर आज निजामति विधेयकलाई छिटो टुंग्याउने गरी प्रतिवेदन आएको होला भनेको त १० जनामा ५ जनाको असहमति देखियो । त्यसकारण यो भएन । मतभेदलाई टुंग्याउन प्रजातान्त्रिक पद्धति छ नि । सधैं मतभदमा राखेर त हामी टुंग्याउनै सक्दैनौं । फेरि यो कर्मचारीको समस्या असाध्यै जटिल छ । केन्द्रले स्थानीय तहमा पठाएका कर्मचारीका कयौंसमस्याहरु छन् । यसलाई छिटो टुंग्याउने गरी जानुपर्छ ।’

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले विधेयकमा रहेका असहमति टुंग्याउन उपसमितिलाई जिम्मेवारी दिनुपर्नेमा सिंगो विधेयक नै दिँदा सहमति जुट्न नसकेको बताउनु भयो । विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधेयक छिटो टुंग्याउनतिर जाने हो कि लामो प्रक्रियामा जाने भन्नेबारे सोच्न सभापति खतिवडालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयकलाई छिटो टुंग्याउनको लागि १० जनाको उपसमिति बनायौं । पाँच जनाको असहमति आइरहेको छ । यसमा के पनि हो भने जे जे कुरामा असहमति छ त्यो कुरामा उपसमिति बनाएर छलफलगर्न दिनुपर्छ । पूरै विधेयक नै हातमा समाइदिएपछि यही अवस्था हुन्छ ।यो विधेयकलाईसर्टकट बनाएर लाने हो कि लामो प्रक्रियामा जाने हो रु यसमा विषयमा सभापतिज्युले सोच्नुप¥यो ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले निजामति विधेयक टुंग्याउन नसक्दा संघीय सरकारले स्थानीय तहमा रहेका कर्मचारीहरुले दुःख पाइरहेको धारणा राखेका छन् । मुलुकमा थप सुशासन कायम गर्न महत्वपूर्ण मानिएको उक्त विधेयक छिटो टुंग्याउनुपर्नेमा उनीहरुको जोड छ ।