२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो



अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बताउनुभएको छ ।

आज साँझ सशस्त्र प्रहरी बलद्वारा आयोजित प्रथम ‘एपीएफ–महिन्द्रा स्पोर्टस अवार्ड–२०८१’ कार्यक्रममा बोल्दै उहाँले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई प्रोत्साहन गर्ने बताउनुभयो ।

उहाँले मुलुक खेलकुदको माध्यमबाट विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सक्षम रहेको बताउनुभयो । “सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना कालदेखि देशको सुरक्षा र शान्ति कायम गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “तर, त्यति मात्र नभई खेलकुदको क्षेत्रमा पनि यो सङ्गठनले आफ्नो छुट्टै पहिचान बनाएको छ, एपीएफ क्लबले फुटबल, भलिबल, क्रिकेट एथलेटिक्स, मार्सल आट्र्सलगायत विभिन्न खेलमा प्रदर्शन गरेको उत्कृष्टताले हामीलाई गर्वको अनुभूति गराएको छ ।

सम्मानित हुने सबै खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान पु-याउने व्यक्तित्वहरूलाई उहाँले बधाई दिनुभयो । “यहाँहरूको सफलता हाम्रो साझा गर्व हो । यहाँहरूले देखाएको बाटोले नयाँ पुस्ताका खेलाडीलाई हौसला प्रदान गर्नेछ”, उहाँले भन्नुभयो ।  रासस