१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी वैशाख ४ गते बस्ने केन्द्रीय समितिको बैठकबारे कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला कारागारमै पुगेर छलफल गरेका छन् ।

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशबाट सभापति लामिछाने रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनलाई भेट्न आज कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेका हुन् ।

त्यस क्रममा कार्यवाहक सभापति अर्यालले लामिछानेको हिरासत बसाईबारे समेत जानकारी लिएका थिए । दुई जना नेताबीच रास्वपाका आगामी महाधिवेशन, पार्टीको सांगठनिक अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ ।

रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर सभापति लामिछाने पुर्पक्षका लागि कारागार चलान भएपछि अधिवेशन के गर्ने भन्ने अन्योलमा परेको छ ।