१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी वैशाख ४ गते बस्ने केन्द्रीय समितिको बैठकबारे कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला कारागारमै पुगेर छलफल गरेका छन् ।

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशबाट सभापति लामिछाने रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनलाई भेट्न आज कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेका हुन् ।

त्यस क्रममा कार्यवाहक सभापति अर्यालले लामिछानेको हिरासत बसाईबारे समेत जानकारी लिएका थिए । दुई जना नेताबीच रास्वपाका आगामी महाधिवेशन, पार्टीको सांगठनिक अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ ।

रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर सभापति लामिछाने पुर्पक्षका लागि कारागार चलान भएपछि अधिवेशन के गर्ने भन्ने अन्योलमा परेको छ ।