८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित: राष्ट्रपति पौडेल

स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित: राष्ट्रपति पौडेल
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफंैले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ” राष्ट्रपति पौडेलले रेडियो नेपालको हीरक महोत्सवको बुधवार उद्घाटन गर्दै भन्नुभयो, “संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि हामीले विर्सन हुन्न । र, लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हो । संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौं भने नेपाली जनतालाई स्वीकार्य हुने छैन ।”

राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो—‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउदै सञ्चारजगतको यो महत्वपूर्ण र म्ंभीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको बताउनुभयो ।
उहाँले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा जनधनको जुन क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दुखद भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता भएको बताउँदै समाचार र कैंयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यक्रम आफ्नो स्मृतिमा आजपर्यन्त मीठो सम्झना बनेर झञ्कृत भइरहेको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

उहाँले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने वहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्य पुरा हुने बताउदै सञ्चारमाध्यम विपद्का बेला आम नागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीलगायतका विपत्तिका बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले गरेको योगदानबाट पुष्टि भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको बताउँदै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ–गाउँ र जनजनमा पु¥याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो । उहाँले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेत र मूल्यमान्यता यसको मुख्य कारण भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउदै सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार यसले आगामी दिनमा प्रभावकारी तवरले काम गर्नुपर्ने चुनौती पनि कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो—‘स्वतन्त्र, स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको हो । त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै जसले नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताउनुभयो । उहाँलले भन्नुभयो‘यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो ।’ कार्यक्रममा बरिष्ठ संगितकारहरू रत्नकुमारी गुरूङ, रत्न बेहाेशी, माेहनप्रसाद जाेशीलाई सम्मान गर्नुभएकाे थियाे । साथै, गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जाेशीलाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान गर्नुभएकाे थियाे ।