२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.06

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा



अ+ अ-

काठमाडौँ । नेपाल प्राज्ञिक मञ्चले काठमाडौंमा पदयात्रा गरेको छ ।

बुधवार बिहान प्राज्ञिक मञ्चले काठमाडौंको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो ।

उनीहरुले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै पदयात्रा गरेका हुन् । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । गत चैत्र १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको थियो ।

प्राज्ञिक मञ्चले नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पनि पदयात्रा गरेको जनाएको छ । प्राज्ञिक मञ्चको पदयात्रामा संस्कृतिविद् डा। जगमान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।