२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.06

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने



अ+ अ-

काठमाडौँ । बिमस्टेक समिटका लागि हाल थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार उहाँहरुबीच आगामी शुक्रबार अपराह्न भेटवार्ता तय भएको हो । यसअघि प्रधानमन्त्री मोदी नै बिमस्टेकमा जाने या विदेशमन्त्री एस जयशंकर सहभागी हुने भन्ने विषयमा नै तय नभएकोले सो साइडलाइन वार्ता पनि निश्चित भएको थिएन ।

यसअघि नेपालले मोदीसँगको भेटका लागि समय माग्दा निश्चित नभएको बताइएकोमा हिजोमात्र मोदी नै बिमस्टेकमा सहभागी निश्चित भएसँगै दुई प्रधानमन्त्रीको भेट पनि तय भएको प्रधानमन्त्री निकट स्रोतले जनायो ।

दुई प्रधानमन्त्रीबीच गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका सिलसिलामा अमेरिकाको न्युयोर्कमा साइडलाइन भेट भएको थियो । प्रधानमन्त्री ओली थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बैंकक पुग्नुभएको हो । बैंककमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि हुनुहुन्छ ।

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणपछि बिमस्टेकको छैठौँ शिखर सम्मेलनमा सहभागी हुनुहुने छ ।