८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने
अ+ अ-

काठमाडौँ । बिमस्टेक समिटका लागि हाल थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार उहाँहरुबीच आगामी शुक्रबार अपराह्न भेटवार्ता तय भएको हो । यसअघि प्रधानमन्त्री मोदी नै बिमस्टेकमा जाने या विदेशमन्त्री एस जयशंकर सहभागी हुने भन्ने विषयमा नै तय नभएकोले सो साइडलाइन वार्ता पनि निश्चित भएको थिएन ।

यसअघि नेपालले मोदीसँगको भेटका लागि समय माग्दा निश्चित नभएको बताइएकोमा हिजोमात्र मोदी नै बिमस्टेकमा सहभागी निश्चित भएसँगै दुई प्रधानमन्त्रीको भेट पनि तय भएको प्रधानमन्त्री निकट स्रोतले जनायो ।

दुई प्रधानमन्त्रीबीच गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका सिलसिलामा अमेरिकाको न्युयोर्कमा साइडलाइन भेट भएको थियो । प्रधानमन्त्री ओली थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बैंकक पुग्नुभएको हो । बैंककमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि हुनुहुन्छ ।

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणपछि बिमस्टेकको छैठौँ शिखर सम्मेलनमा सहभागी हुनुहुने छ ।