२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान



अ+ अ-

एजेन्सी । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए ।

शिखर सम्मेलनमा स्टार्मरले एकसाथ काम गरेमा मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने बताउनुभयो ।

शिखर सम्मेलनमा भियतनाम र इराक जस्ता आप्रवासीहरूको उत्पत्ति देशका प्रतिनिधिहरूका साथै बाल्कन जस्ता पारगमन देशहरूका प्रतिनिधिहरू सहभागी छन् । शिखर सम्मेलनमा बोर्डर फोर्सका प्रमुख, बेलायतमा सीमा नियन्त्रण कार्यहरूका लागि जिम्मेवार निकायका साथै इन्टरपोल, युरोपोल र अफ्रिपोलका प्रतिनिधिहरू पनि सहभागी छन् ।

यो शिखर सम्मेलन युरोपेली सङ्घ (इयु) ले अनियमित आप्रवासीहरूको निष्कासन गतिलाई तीव्र पार्न आफ्नो सीमाभन्दा बाहिर आप्रवासी केन्द्रहरू स्थापना गर्ने विचार गरिरहेको समयमा भएको छ ।

बैठकमा सहभागीहरूले मानव तस्करी सञ्जालहरूले मानिसहरूलाई अवैध रूपमा भित्र्याउन प्रयोग गर्ने उपकरण, पूर्वाधार र जालसाजी कागजातहरू जाँच्नेछन् । उनीहरूले कसरी ती सञ्जालहरू सञ्चालन हुन्छन् र अनलाइनमा आप्रवासीहरूको आकर्षण विरुद्ध लड्न विश्वव्यापी सहमति पुग्नेबारे पनि छलफल गर्नेछन् ।