२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम गरियो



अ+ अ-

काठमाडौँ । तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पतालमा उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी महर्जनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । महर्जनको उपचारको क्रममा टिचिङ हस्पिटलमा मृत्यु भएको थियो ।

तीनकुने घटनामा मै ज्यान गुमाएका पत्रकार सुरेश रजकको भने अझै पोस्टमार्टम भएको छैन ।