७ भाद्र २०८३, आईतवार
,
Latest
बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठमाडौँ । नेपाल सरकार, भारतीय दुतावास र विभिन्न ९ स्थानीय तहबीच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

मंगलवार सिंहदरबारमा एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दुतावास र ९ स्थानीय तहहरुबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्झौतामा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार भारत सरकारले ९ वटा स्थानीय तहहरुमा विद्यालयका संरचना तथा स्वास्थ्य चौकी निर्माण गर्नको लागि आर्थिक सहायता प्रदान गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीकाअनुसार सम्झौता भएका स्थानीय तहहरुमा धनगढी उपमहानगरपालिका, कैलाली, धुर्कोट गाउँपालिका, गुल्मी, चंखेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, रुपन्देही, ईन्द्रवती गाउँपालिका, सिन्धुपाल्चोक, जयपृथ्वी नगरपालिका, बझाङ, मिखुवाखोला गाउँपालिका, ताप्लेजुङ, भरतपुर महानगरपालिका, चितवन, लिखुपिके गाउँपालिका, सोलुखुम्बु रहेका छन् । उहाँले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सिमा २० करोड रुपैयाँ रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नेपाल–भारत सरकारबीच द्विपक्षीय सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउँदै आइराखेको छ । आज हामीले ९ ओटा जिल्लाको ९ वटा पालिकामा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सम्झौता भएको छ । अहिले यी ९ वटा स्थानीय तहको लागि सहयोग उपलब्ध गराएको हो । योभन्दा अगाडि पनि भारत सरकारबाट विभिन्न १३ वटा परियोजनामा यो आर्थिक वर्षमा सम्झौता भइसकेको छ । यसका लागि अब हामी सम्बन्धीत पालिकाहरुबाट आयोजनाहरु माग्छौं । आयोजनाहरुको विस्तृत परियोजना प्रश्ताव गरेर हामीले अर्थ मन्त्रालयमार्फत भारतीय दुतावासमा पठाउँछौं । दुतावासले स्वीकृत गरिसकेपछि परियोजनाहरु लागु हुन्छ । यो निरन्तर सहयाृेग हुने कार्यक्रम हो ।’

आयोजनाअन्तर्गत स्थानीय तहहरुले आयोजनाहरु छनोट गरी मन्त्रालयमा बुझाउने र अर्थ सम्झौतामा स्थानीय तह तथा अन्य सरकारी निकायबाट प्राप्त माग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षण गरी अर्थ मन्त्रालयमा आयोजना सिफारिस गर्ने र अर्थले प्राथमिकताको आधारमा सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने गरी प्रक्रिया निर्धारण गरिएको उहाँको भनाइ छ ।