९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद
फाईल फोटो
अ अ+ अ-

महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।

पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिनुभयो । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।

गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यसअघि यही चैत ३ गते सोही ठाउँमा सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा३ख ५८३२ नम्बरको ट्रक जाँचका क्रममा ५४७ किलोग्राम गाँजा बरामद गरिएको थियो । चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

यस्तै ब्यूरोको टोलीले चैत ८ गते ढल्केबर जनकपुर सडकखण्डको लक्ष्मीनियाँचोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँचका क्रममा पाँच क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । यस क्रममा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

पहाडी जिल्लाबाट ठूलो परिमाणमा गाँजाको ओसारपसार हुँदै आएको छ । गाँजा तस्करले महोत्तरीको बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएका छन् । बर्सेनि बर्दिबास सेरोफेरोबाट ठूलो परिमाणमा गाँजा बरामद गरिँदै आएको छ । भरिया र चालक पक्राउ परेपनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन ।