१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.31

Wind: 4.63

Humidity: 20

Latest
आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारी संगठनहरुलाई काँग्रेसको आग्रह माओवादी केन्द्रको आरोप – ‘सरकार पूर्ण रूपमा फेल भइसक्यो’ ‘वैशाखको अन्तिमसम्ममा संसदबाट शिक्षा विधेयक पारित हुन्छ’ रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण एनआरएनएको एकता महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले दियो मिसिल झिकाउने आदेश पहलगाम आतंकवादी हमलामा संलग्न तीन आतंककारीहरूको स्केच जारी नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट-फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।

योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताउनुभयो । ढलानको काम यसै सातादेखि थालिने छ ।

“पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।

विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउनसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड रु १६ अर्ब ९९ करोड ५३ लाखको लागतमा काम भइरहेको सूचना अधिकारी खनालले बताउनुभयो । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुने छ । रासस