३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 4.63

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा जनस्वास्थ्य सेवा र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकमा सामान्य सैद्धान्तिक छलफल भएको छ ।

दुवै विधेयक आइतबार प्रदेशसभामा प्रस्तुत गरिएका थिए । विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सकिने जनाइएको छ । सैद्धान्तिक छलफलपछि विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइने प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो ।

आजको बैठकले भवन निर्माण तथा बस्ती विकास र खानी तथा खनिजसन्बन्धी विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो । उहाँले प्रदेश मातहतका सबै अस्पतालको स्तरोन्नति गर्न लागिएको बताउनुभयो । रासस