
काठमाडौ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार दिपकराज जोशी निर्वाचित भएका छन् ।
नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी बनेको हो। अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए। त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका दीपकराज जोशी ८ मतान्तरले जितेका छन्।
त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए भने स्वतन्त्र उम्मेदवार उज्जव खड्काले ७१७ मत पाए ।