४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बन्दाबन्दी खुलेपछि सीमामा तस्करी वृद्धि

बन्दाबन्दी खुलेपछि सीमामा तस्करी वृद्धि
अ+ अ-

झापा । बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू गरेपछि सीमा क्षेत्रमा अवैध धन्दा ठप्प प्रायः थियो तर बन्दाबन्दी खुलेसँगै सीमाका गौँडाहरुमा अवैध धन्दावाल सक्रिय हुन थालेका छन् ।

यही साउन १२ गते राति डेढ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी गस्ती टोली मेचीनगर–४ बाहुडाँगीको उत्तरी सीमाक्षेत्र प्रसादगौडामा पुग्दा नेपालबाट ठूलो मात्रामा सुपारी भारततर्फ तस्करी गर्ने प्रयास हुँदै थियो । प्रहरी पुग्नासाथ तस्करहरुको भागाभाग भयो । दशगजाबाट प्रहरीले रु चार लाख ४१ हजार बराबरको सुपारी बरामद गर्यो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सीमामा अवैध धन्दा रोक्न प्रहरीको निगरानी बढाइएको बताए । बन्दाबन्दी खुलेसँगै जनजीवन सामान्य हुन थालेपछि तस्करहरुले गतिविधि बढाउनसक्ने आकलन गरेरै सीमा क्षेत्रका गौडाहरुमा गस्तीलाई चनाखो बनाइएको उनको भनाइ छ । तस्करहरुले रातिको मौका छोपेर धन्दा चलाउने प्रयास गरिरहेका छन् । साउन १७ गते राति साढे १२ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्तीसँग दशगजा क्षेत्रमा तस्करहरुको जम्काभेट भयो । तस्करहरुले रु तीन लाख मूल्य बराबरको लत्ताकपडा छाडेर भागेपछि ती सामान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको थियो ।

स्थानीयवासीका अनुसार धन्दावालहरुले भारतबाट कपडा, मोबाइल सेट, सुर्ती, रासायनिक मल, चिनी, खानेतेल, मोटर पार्ट्सलगायतका सामान तस्करी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिङ्गापुरे सुपारी, मटर, मरीचलगायतका सामान भारततिर लैजाने गरेका छन् । मङगलबार राति प्रहरीको गस्तीले काँकडभिट्टा मूल भन्सार नाकाबाट एक किलोमिटर दक्षिण मेचीनगर–७ गैरीगाउँमा रु चार लाख ७५ हजार मूल्य बराबरका १९ थान महङ्गा मोबाइल सेट बरामद गरेको थियो । भारतबाट लुकाइछिपाई नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दशगजामा ती सामान बरामद गरेको हो । 

तीन दिनअघि प्रहरीले ज्यामिरगढी र कुमरखोदबाट दशगजा क्षेत्रबाटै रु आठ लाख ५२ हजार ५०० मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो । बन्दाबन्दी खुल्नुअघिसम्म भारतसँगको सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्या परिचालन गरिएको थियो तर प्रदेश प्रहरी कार्यालयबाट आएका र जिल्लाकै आधाजसो प्रहरीहरु अन्य कामका लागि सीमाबाट फिर्ता भएका छन् । सीमामा प्रहरीको तैनाथी खुकुलो भएको मौकामा तस्करी गतिविधि बढेको हो ।