२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिवद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको बताउनु भयो ।

उहाँले आफैंले ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ रु भन्दै प्रश्न गर्नुभयो । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उहाँको भनाइ छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘काँग्रेस–कम्युनिष्टहरुको प्रतिवद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैं ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ रु अर्को, यो संविधान नै त्रुटीपूर्ण छ । संविधानलाई संशोधन गरेर पुनःलेखन गर्ने कुरा छ ।

संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ । जनताका चाहानाहरु र आवश्यकताहरु पुरा गरेमात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ । प्रदेशहरुलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन ।’

संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि राज्यका निकायहरुमा एउटै जाताजातीको हालिमुहाली रहेको अध्यक्ष यादवको भनाइ छ ।