२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 1.03

Humidity: 73

Latest
मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत मुलुकमा सुशासन र विकास चाहिएको छ, भ्रष्टाचारसँग सम्झौता हुन सक्दैनः प्रधानमन्त्री तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्छः गृहमन्त्री गैरकानुनी रूपमा अमेरिकी सीमा पुगेर जीवन जोखिममा नपार्न अमेरिकी दूतावासको आग्रह डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन बौदीकालीमा बल्ल पुग्यो बिजुली बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’ झापामा चट्याङ लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाउनुभएको छ ।

सोमवार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले संसदभित्र राप्रपा सांसदहरुले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने समेत बताउनु भयो ।

उहाँले संविधानमा नलेखिएका शब्दहरु संसदको कल्चरमा नआउने स्पष्ट पार्नुभयो । उहाँले राजावादीको नाममा संविधानले नचिनेका शब्दहरु सदनभित्र मात्र नभई सदनबाहिर समेत कानून विपरित रहेको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘संविधानमा नलेखिएका शब्दहरु संसदका कल्चरहरुमा यस्ता विषयहरु आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरु हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानून विपरित कुरा हो ।’

उहाँले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने उहाँको भनाइ छ ।