१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ओमिक्रोनसँग लड्न कुनै बुस्टर डोज होइन, विश्वलाई नयाँ खोप चाहिन्छ : डब्लुएचओ

ओमिक्रोनसँग लड्न कुनै बुस्टर डोज होइन, विश्वलाई नयाँ खोप चाहिन्छ : डब्लुएचओ
अ अ+ अ-

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्ट विरुद्ध निरन्तर सुरक्षा प्रदान गर्न विश्वमा कोरोना खोपहरूलाई अझ प्रभावकारी बनाउनु पर्ने बताएको छ। डब्लुएचओको प्राविधिक सल्लाहकार समूह र कोरोना भ्याक्सिनको संरचनासम्बन्धी १८ विज्ञहरूको समूहले मङगलबार हालका खोपहरूले गम्भीर रोग र भेरियन्ट अफ कन्सर्न (भिओसी) का कारण हुने मृत्यु विरुद्ध उच्चस्तरको सुरक्षा प्रदान गरे पनि भविष्यमा हामीले सङ्क्रमण रोक्न सक्ने खोपहरू विकास गर्न आवश्यक भएको बताएका छन्।

यसबीचमा कोरोना भाइरसविरुद्धको खोपलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । सो संस्थाले लगातार बुस्टर डोजको आवश्यकतालाई कम गर्ने तथा व्यापक, मजबुत र लामो समयसम्म चल्ने प्रतिक्रिया दिने खालको आनुवांशिक र एन्टिजेन रुपमा तीव्रगतिले फैलिने भेरियन्टसँग नजिक भएको कम्पोजिसनको आवश्यकता रहेको बताएको छ ।  

खोपको संरचनामा परिवर्तनहरु कहिले आवश्यक पर्नसक्छ भन्नेबारे निर्णय लिन मद्दत गर्न विज्ञहरूले कोरोना भ्याक्सिन निर्माताहरूलाई हालको र ओमिक्रोन–विशिष्ट खोपको कार्यसम्पादनमा डेटा उपलब्ध गराउन प्रोत्साहित गरेका छन् । हालको ओमिक्रोन भेरियन्टका सन्दर्भमा विशेषज्ञहरूले हालको कोरोना खोपहरूमा व्यापक विश्वव्यापी पहुँचको महत्त्वलाई जोड दिएका छन्।
 
डब्ल्यूएचओका अनुसार कोरोना भाइरसको ओमिक्रोन स्वरुपले यसको डेल्टा भेरियन्टलाई द्रुत गतिमा उछिनेको छ र यस रूपबाट सङ्क्रमणका केसहरू अहिले विश्वभर रिपोर्ट भइरहेको छ। यस सम्बन्धमा डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीले चेतावनी दिएका छन्। ग्लोबल हेल्थ एजेन्सीका एक अधिकारीले ओमिक्रोनले प्रतिरक्षाबाट बच्न सकिने तर रोगको गम्भीरता अन्य रूपहरू भन्दा कम रहेको बताएका छन् । एजेन्सी