• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन

ओमिक्रोनसँग लड्न कुनै बुस्टर डोज होइन, विश्वलाई नयाँ खोप चाहिन्छ : डब्लुएचओ



जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्ट विरुद्ध निरन्तर सुरक्षा प्रदान गर्न विश्वमा कोरोना खोपहरूलाई अझ प्रभावकारी बनाउनु पर्ने बताएको छ। डब्लुएचओको प्राविधिक सल्लाहकार समूह र कोरोना भ्याक्सिनको संरचनासम्बन्धी १८ विज्ञहरूको समूहले मङगलबार हालका खोपहरूले गम्भीर रोग र भेरियन्ट अफ कन्सर्न (भिओसी) का कारण हुने मृत्यु विरुद्ध उच्चस्तरको सुरक्षा प्रदान गरे पनि भविष्यमा हामीले सङ्क्रमण रोक्न सक्ने खोपहरू विकास गर्न आवश्यक भएको बताएका छन्।

यसबीचमा कोरोना भाइरसविरुद्धको खोपलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । सो संस्थाले लगातार बुस्टर डोजको आवश्यकतालाई कम गर्ने तथा व्यापक, मजबुत र लामो समयसम्म चल्ने प्रतिक्रिया दिने खालको आनुवांशिक र एन्टिजेन रुपमा तीव्रगतिले फैलिने भेरियन्टसँग नजिक भएको कम्पोजिसनको आवश्यकता रहेको बताएको छ ।  

खोपको संरचनामा परिवर्तनहरु कहिले आवश्यक पर्नसक्छ भन्नेबारे निर्णय लिन मद्दत गर्न विज्ञहरूले कोरोना भ्याक्सिन निर्माताहरूलाई हालको र ओमिक्रोन–विशिष्ट खोपको कार्यसम्पादनमा डेटा उपलब्ध गराउन प्रोत्साहित गरेका छन् । हालको ओमिक्रोन भेरियन्टका सन्दर्भमा विशेषज्ञहरूले हालको कोरोना खोपहरूमा व्यापक विश्वव्यापी पहुँचको महत्त्वलाई जोड दिएका छन्।
 
डब्ल्यूएचओका अनुसार कोरोना भाइरसको ओमिक्रोन स्वरुपले यसको डेल्टा भेरियन्टलाई द्रुत गतिमा उछिनेको छ र यस रूपबाट सङ्क्रमणका केसहरू अहिले विश्वभर रिपोर्ट भइरहेको छ। यस सम्बन्धमा डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीले चेतावनी दिएका छन्। ग्लोबल हेल्थ एजेन्सीका एक अधिकारीले ओमिक्रोनले प्रतिरक्षाबाट बच्न सकिने तर रोगको गम्भीरता अन्य रूपहरू भन्दा कम रहेको बताएका छन् । एजेन्सी