९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रप्रति माओवादी केन्द्रको प्रतिवद्धतामाथि गम्भीर प्रश्न खडा भयोः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गरेका संसदीय लोकतन्त्रप्रति गरेको प्रतिबद्धतामाथि गम्भीर प्रश्न सिर्जना भएको बताउनुभएको छ ।

आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले गणतन्त्रिक व्यस्थामाथि प्रहार गर्नेसँग संसदमा कुम जोडेर बसेको आरोप लगाउनु भयो । निरन्तर चार दिनदेखि संसद अवरुद्ध गरेर माओवादी केन्द्रले लोकतन्त्र र संविधानप्रतिको आफ्नो प्रतिवद्धतामाथि संशय पैदा भएको उहाँको भनाइ छ ।

उहाँले तीनकुने घटनाका मुख्यदोषी पूर्वराजाका बारेमा संसदमा छलफल गरी साझा मत निर्माण गरेर उनलाई कारबाही प्रक्रिया बढाउनुपर्नेमा माओवादीले संसद अवरोध गर्नु दुर्भाग्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लगातार यो सदन चार दिनदेखि अवरुद्ध प्रमुख प्रतिपक्षीले गर्दैछ । प्रमुख प्रतिपक्षले सरम मान्नुपर्छ र प्रमुख प्रतिपक्षको राजनीतिक दृष्टिकोणमाथि पनि यहाँ प्रश्न सिर्जना भएको छ । बाहिर गणतन्त्रको पक्षमा नाराबाजी लगाउने, संसदमा गणतन्त्रको विरुछमा ढुङ्गा हान्नेहरुसँग कुम जोडेर अनि संविधानविरुद्ध हाउस चल्न नदिने रु माओवादी केन्द्रको राजनीतिक प्रतिबद्धता के हो रु देखाउँदा एउटा भन्ने भित्र अर्को ! त्यसकारण यो गम्भीर प्रश्न सिर्जना भएको छ । आज यति धेरै प्रश्नहरु समाजमा देखिएका छन् ।

संघीयताको विरुद्धमा, संविधान र गणतन्त्तका विरुद्धमा खुलम खुला रुपमा चुनौती दिने श्रृङखला भयो । लुटपाटका घटना आन्दोलनको नाममा । संविधान बमोजिम शान्तिपूर्ण रुपमा सबैले भेला हुन पाउँछन् । राजनीतिक विचार मतहरु राख्न पाउँछन् मतहरु जनताका बीचमा राख्न पाउँछन् । तर अस्ति जुन प्रकारको लुटपाट चल्यो, जनु प्रकारले पत्रकारलाई जलाउने मार्ने काम भयो । सुरक्षमा खटिएका प्रहरीमाथि निर्घात अक्रमण भयो ।

यस्तो लुटपाट अराजकता जुन ढंगबाट भएको हामीले देख्यौँ यी विषय सदनमा छलफल मात्रै होइन समग्र गतिविधि गर्ने पूर्वराजा ज्ञानेन्द्रलाई र उनका विषयमा सदनमा छलफल भएर उनलाई कारबाही गर्ने प्रक्रियालाई यो सदनबाट अगाडि बढ्ने साझा मत सिर्जना गरेर अगाडि बढ्नुपर्ने आजको दिन थियो । यो दिन माओवादी केन्द्रका कारण अवरुद्ध भयो ।’

प्रमुख सचेतक बर्तौलाले तीनकुने घटनाका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई आमसर्वसाधारण नेपाली नागरिक सरह कानुनबमोजिम कारबाही गर्नुपर्ने बताउनु भयो ।