२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.09

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताउनुभएको हो । राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उहाँको भनाइ छ । उहाँले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रवार सडकमा देखिएको टिप्पणी गर्नुभयो ।

उक्त आन्दोलनले राजावादीहरु हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताउनु भयो । उहाँले गणतन्त्रवादी दलहरुलाई जनताको बलमा स्थापितसंघीय लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाप्त भएको राजतन्त्र जसरि आज शिर उठाउने कोशिस गर्दैछ यो वास्तवमा शमसानघाटबाट मुर्दालाई ब्युताउँने कोशिस जस्तै हो । नेपालमा राजतन्त्र कहिल्लै पनि फर्कन सक्दैन । नेपालमा राजतन्त्र कहिल्लै पनि शासनसत्तामा आउन सक्दैन । यो कुरामा हामीले कुनैपनि दुविधा राख्नु हुँदैन । जहाँसम्म राजतन्त्रवादीहरुको कुरा छ । राजतन्त्रका हिमायतीहरुको कुरा छ । उनीहरुको वास्तविक चरित्र के हो २ दिन अघिको घटनामा प्रकट भएको छ । राजतन्त्रको विद्रुप अनुहार सडकमा देखिएको छ ।

राजतन्त्रवादीहरु हिंसाका पक्षमा छन्, आतंकको पक्षमा छन्, राजतन्त्रवादीहरु लुटपाटको पक्षमा छन् र राजतन्त्रवादीहरु नागरिकको मौलिक हकको विरुद्धमा छन् भन्ने देखिएको छ । त्यसकारण ले नेपाली जनता लुटतन्त्रको पक्षमा, हिंसाको पक्षमा, अधिनायकवादको पक्षमा कहिले पनि हुन सक्दैनन् भन्ने छर्लङ्ग छ । अहिले राजनीतिक दलहरुलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर लग्ने अभिभारा छ ।’

दलहरुले जनताका आवश्यकता र आकंक्षाहरुलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरुलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको समेत बताउनु भयो ।