१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक भोलिसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्तीको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गर्दै आइरहेका छन् ।

प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने प्रतिपक्षीको अडान छ । भोलि संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।