२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुको प्रदर्शनबारे सांसद बस्नेतको टिप्पणीः कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताउनुभएको छ ।

आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको समेत उहाँको टिप्पणी छ । उहाँले राजावादीहरु राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गर्नुभयो । उहाँले मान्छे नै मार्ने र निजी सम्पतीमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपात मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि । त्यसकारण राजनीतिक इच्छाका कुराले भन्दापनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि । त्यसकारणले राज्यको उपस्थिति पनि कमजोर देखियो । प्रहरीहरु निरिहजस्तो देखियो । आदेश चाहियो नि । सार्वजनिक सम्पतीमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?

सरकारको गम्भिर त्रुटीका कारण धेरै जनधनको क्षति भएको उहाँको जिकिर छ ।