१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले धवल शमशेर पक्राउ परेको सूचना सदनमा सुनाउने



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सुचना सदनलाई जानकारी गराउने भएका छन् ।

राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएपछि जबरा गत शुक्रबार राति पक्राउ परेका थिए ।

जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाईसकेको छ । संविधानको धारा १०३ को उपधारा ३ बमोजिम सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ ।

सांसद पक्राउ परेको सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसद्मा जानकारी गराउनुपर्ने व्यवस्था छ । सोहिअनुसार आज सभामुखले जानकारी गराउन लागेका हुन् ।

अहिले सभामुख घिमिरे सदनको अवरोध हटाउन प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधवारबाट सदन अवरोध गर्दै आएका छन् ।