७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क स्वास्थ्य शिविर : मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित



अ+ अ-

रामपुर, (पाल्पा) । रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको नि:स्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ रामपुर र रोट्रर्‍याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई नि:शुल्क औषधि गरेको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो । रासस