२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल आजदेखिः उद्घाटन खेलमा ललितपुर र काठमाडौँ भिड्दै



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आज (शनिबार)देखि शुरू हुँदैछ ।

उद्घाटन खेल साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ ।

नेपाल सुपर लिग नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको हो । प्रतियोगितामा यसपटक ७ टोलीले सहभागिता जनाउँदैछन् । जसमा काठमाडौँ र ललितपुरसहित पोखरा, झापा, धनगढी, बुटवल र चितवन छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।