९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु



अ+ अ-

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीले जहाँ बोलायो त्यहीँ आउन आफू तयार रहेको बताएका छन् । प्रहरीलाई चुनौती दिँदै प्रसाईले जहाँ बोलायो त्यहिँ आउने बताएका हुन् ।

काठमाडौंमा आज राजावादीहरुले हिंसात्मक प्रदर्शन गरेपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ । तर प्रसाईंले सामाजिक सञ्जालमार्फत् प्रहरीलाई चुनौती दिएका हुन् ।

प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका हुन् । ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईंको खोजी थालेको छ । प्रसाईं भने आन्दोलनले चर्को रुप लिन थालेपछि प्रहरीलाई नै पेल्दै गाडी चलाएर भागेका थिए ।