३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको हो ।

उहाँले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिनुभयो । नागरिकका सबै चाहानाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उहाँको भनाइ छ । उहाँले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गाण्तन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र आएपछि केही नेपाहरुको उठिवास भएको छ नेपालमा । हामीले दुईवटा दुश्मनहरुका विरुद्ध लडेका हौं । हामी दुई वटा बन्धन र दुई वटा समस्याका विरुद्धमा लडेका हौं । हामीले सामन्तवादको विरुद्धमा लडेका हौं । हामी दलाल पँुजीवादको विरुद्धमा लडेका हौं । सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम र अधिनायकवादीलाई नेपाली जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेका हौं । आज जसले हारेर सत्ता गुमाए, जसले स्वर्गको आनन्दलाई भंग भएको महशुस गरेका छन् ति तत्वहरुले विदेशी तत्वहरुको उत्साहटमा देशमा हराइएका र जनताको बलद्धारा धुलो परेका सामन्ती तत्वका बचेकुचेका तत्वहरुद्धारा गणतन्त्रको विरुद्धमा फेरि एउटा षड्यन्त्र चलिरहेको छ । हामीहरुलाई प्रभूहरुको खाँचो छैन । हामीलाई महासामन्तहरुको खाँचो छैन । ’

उहाँले गणतन्त्रको पक्षमा लडेका नागरिकहरु अधिकार सम्पन्न भइनसकेका कारण आफूहरु अगाडि बढ्न खोजिरहेको बताउनु भयो । —