७ भाद्र २०८३, आईतवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट कामाख्या देवीको दर्शन



अ+ अ-

बुटवल । पूर्वराष्ट्रपति विद्या भण्डारीले पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरस्थित प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शन तथा पूजा गर्नुभएको छ ।

बिहीबार साँझ उहाँ कामाख्या मन्दिर पुग्नु भएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई लुम्बिनी केबलकार लिमिटेडका सञ्चालक तेजप्रसाद सुनार, अप्रेसन म्यानेजर डिएन कायस्थले स्वागत गर्नुभएको थियो ।

लुम्बिनी केबलकार यात्रा र मन्दिर दर्शनपछि भण्डारीले बसन्तपुर निकै शान्त, स्वच्छ, रमणीय र धार्मिक पर्यटकीय स्थल बनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

भण्डारी मन्दिर दर्शनका लागि आउँदा नेकपा एमालेका केन्द्रीय स्तरका नेता र जिल्ला तथा प्रदेशका जनप्रतिनिधिको बाक्लो उपस्थिति थियो ।

उहाँ विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनसम्म रुपन्देही नै रहनुहुनेछ ।