१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल सहभागी नहुने



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा आयोजना गर्दैछ ।

त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुस निकालिएको छ । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ ।

एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्कनेछ । उक्त जुलुस र सभामा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल भने उपस्थित नहुने भएका छन् ।

आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले उनी उपस्थित नहुने बुझिएको छ । यद्यपि, कार्यक्रममा भने आफ्नो समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको नेता खनालको भनाई छ ।

सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यसूची रहेको छ ।