१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः पुलिसद्वारा आर्मीलाई १४९ रनको लक्ष्य



अ+ अ-

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणअन्र्तगत अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १४९ रनको लक्ष्य दिएको छ ।

रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाएको हो । पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौक र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यसैगरी आरिफ शेषले २२ रन र गुलशन झाले १७ रन बनाएका छन् ।

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका साहब आलमले चार विकेट लिँदा नरेन साउदले तीन, कुशल मल्ल र भीम सार्कीले समान एक÷एक विकेट लिए ।

आठ खेल खेलेको पुलिस अहिलेसम्म अविजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । आठ खेल खेलेको आर्मी सात खेलमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनलमा पुगिसकेको छ ।

आजको खेल जुन समूहले हारे पनि फाइनल समीकरणमा यसको कुनै असर हुने छैन् । यही चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यी दुवै समूहबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।